चिनियाँ जहाजबाट पोखरा को–को आए ? (फोटो फिचर)
पाेखरा | असार ६, २०८०
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा उद्घाटन भएको करिब ६ महिनापछि चीनको छिन्दूबाट आएको सिचुवान एयरलाइन्सको जहाजले पोखरामा सफल अवतरण गरेको छ ।
नेपालबाट व्यावसायिक रुपमा उडान भर्दै आएको सिचुवान एयरलाइन्सको जहाजले पहिलो पटक चीनको छिन्दूबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल चार्टड उडानसँगै अवतरण गरेको हो ।
फेवातालमा असार ८ र ९ गते हुने ‘नेपाल चाइना ड्रयागन बोट रेस फेस्टिभल’मा सहभागी हुन आएका खेलाडी र पर्यटकसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको टोली चीनको छिन्दूबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँगै ७ जनाको टोली जेठ २७ गते चीन भ्रमणमा गएका थिए ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा हुन लागेको ‘नेपाल चाइना ड्रयागन बोट रेस फेस्टिभल’मा सहभागी हुन चीनको छिन्दुबाट सिचुवान एयरलाइन्स न्यारोबडी ए ३१९ जहाज ८४ जना यात्रु लिएर पोखरा आएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ९ बजेर ६ मिनेटमा सफल अवतरण गरेको जहाज काठमाडौं फर्केको छ । जहाजले काठमाडौंबाट पुनः व्यावसायिक उडान भर्ने जनाइएको छ ।
पोखरामा असार ८ र ९ गते ‘नेपाल चाइना ड्रयागन बोट रेस फेस्टिभल’मा सहभागी हुन चीनको लिङ्जी नगरबाट प्रमुखको नेतृत्वमा ८४ जनाको टोली आज पोखरा आएको छ ।

चीनको लिङजी नगर प्रमुखको नेतृत्वमा १९ जना, चिनियाँ कलाकार २० र ४५ जना ड्रयागन बोट रेसका खेलाडी रहेको पर्यटन व्यवसायी रविन्द्रराज पौडेलले जानकारी दिए ।
असार ८ र ९ गते फेवातालमा हुने प्रतियोगितामा मुलुकका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ बोटमार्फत रेस हुनेछ ।
तस्बिर: सुशान्त गाहा मगर/सुनगाभा न्यूज














पोखरा । भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् । ...
पोखरा। सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयो...
पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटन...

